गोलबजारको भ्रामक प्रचारप्रति नगरपालिकाको आपत्ति,सम्बन्धित निकायको ध्यानाकर्षण

Picture of हरियो पाटी

हरियो पाटी

541
SHARES
741
VIEWS

सिरहा, साउन ४ ।

सिरहा – गोलबजार नगरपालिकाले सामाजिक सञ्जालमा प्रकाशित खेलग्राम गुरुधाम र जनता माध्यमिक विद्यालय गोलबजारको भवन निर्माण सम्बन्धी सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नगरपालिकाले उक्त दुवै योजना आफ्नो बजेटबाट सञ्चालन नभएको स्पष्ट पार्दै नगर प्रमुख श्यामकुमार श्रेष्ठ तथा जनप्रतिनिधिमाथि लगाइएका आरोप तथ्यहीन र भ्रामक भएको दाबी गरेको छ।

नगरपालिकाका प्रवक्ता सञ्जित लामाद्वारा जारी प्रेस विज्ञप्तिमा तथ्यगत पुष्ट्याइँबिना एकपक्षीय रूपमा नगरपालिकाको बदनाम गर्ने उद्देश्यले सामग्री प्रकाशन तथा प्रसारण भइरहेको भन्दै नगरवासीलाई यस्ता दुष्प्रचारबाट भ्रमित नहुन आग्रह गरिएको छ।

साथै, पत्रकारिताको नाममा भ्रमपूर्ण तथा व्यक्तिगत लाञ्छनायुक्त सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी नगरपालिकाको प्रतिष्ठामा आँच पुर्‍याउने कार्यमा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित