पटका पड्काउने क्रममा पाँच वर्षीय बालकको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

537
SHARES
736
VIEWS

वीरगन्ज । दीपावलीका अवसरमा पटका पड्काउने क्रममा पर्सामा पाँच वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्लाको पकहाँमैनपुर गाउँपालिकामा सोमबार बिहान पटका पड्काउने क्रममा जलेर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक भानुभक्त अर्यालका अनुसार पकहाँमैनपुर गाउँपालिका–२, मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटका पड्काउने क्रममा जलेर मृत्यु भएको हो ।

Laxmi sunrise bank

अर्यालका अनुसार पटका पड्काउने क्रममा बालकको शरीरमा आगो लागेको थियो । जलेर बेहोस भएका उनलाई उपचारका लागि वीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । यसबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित