गोलबजार ग्रान्ड मेलालाई झडपसँग जोडेर गरिएको प्रचारप्रति आयोजकको आपत्ति

Picture of हरियो पाटी

हरियो पाटी

539
SHARES
739
VIEWS

सिरहा । गोलबजार ग्रान्ड मेला–२०८३ मा झडप भएको भन्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा फैलिएको समाचारप्रति मेला आयोजक समितिले आपत्ति जनाएको छ। आयोजकले झडप मेला परिसरमा नभई बाहिर भएको दाबी गर्दै मेलाको छविमा आँच पुर्‍याउने गरी गलत प्रचार गरिएको जनाएको छ।

मेला समितिले शनिबार चार जनाको हस्ताक्षरसहित प्रेस विज्ञप्ति जारी गर्दै झडपको घटना गोलबजार नगरपालिका–४ स्थित पीपलबोट चोकमा भएको स्पष्ट पारेको हो। समितिका अनुसार घटनामा संलग्न व्यक्तिहरू उक्त दिन मेला परिसरमा प्रवेशसमेत गरेका थिएनन्।

उद्योग वाणिज्य संघ गोलबजारका सचिव वीरेन्द्र सिंहले पनि झडप मेला परिसरबाहिर भएको दाबी गरेका छन्। उनका अनुसार घटनालाई मेलासँग जोडेर प्रचार गर्नु उचित होइन।

यता, इलाका प्रहरी कार्यालय गोलबजारले पनि झडप मेला परिसरभित्र नभएको जनाएको छ।
आयोजक समितिले मेला स्थानीय व्यापार, आर्थिक गतिविधि, कला, संस्कृति तथा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उल्लेख गर्दै यसलाई दुई समुदायबीच आपसी सद्भाव, एकता र भाइचारा बढाउने साझा उत्सवका रूपमा चित्रण गरेको छ।

१० दिनसम्म सञ्चालन हुने मेलालाई सभ्य, भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न व्यापारी, समाजसेवी, राजनीतिकर्मी, सञ्चारकर्मी तथा स्थानीयवासीलाई सकारात्मक सहयोग र सहकार्य गर्न समितिले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित