श्रृजना स्कूलद्वारा लामाडाँडा पार्क निर्माणका श्रमदान अभीयानीलाई सम्मान

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

गोलबजार,  श्रृजना सेकेन्ड्री इङ्गलिश बोर्डिङ्ग स्कूल गोलबजारले लामाडाँडा पार्क निर्माण तथा सञ्चालनमा निःशुल्क श्रममा सक्रिय स्थानीय युवाहरुलाई सम्मान गरेको छ। स्कूल परिसरमा आयोजित एक समारोहबिच सामाजिक, साँस्कृतिक विकासमा निस्वार्थभावले योगदान गरेकोप्रति कृतज्ञता व्यक्त गर्दै खादा तथा सम्मानपत्रले सम्मान गरेको हो।

स्थानीय समुदायले पछिल्लो केहि महिनादेखि लामाडा पार्क निर्माणको लागि श्रमदान गर्दै आएको छ। उनीहरुको निस्वार्थ श्रमदानको कदरगर्दै आफ्नो सामाजिक दायित्व अनुरुप सम्मान गरेको विद्यालयका प्रिन्सिपल निरज लामाले बताए।

मालाडाँडालाई संग्राहलयको रुपमा विकासगर्ने उदेश्यसहित स्थानीयले श्रमदान गरेको लामाडाँडा पार्क समन्वय सञ्जालका संयोजक रञ्जित लामाले जानकारी दिए। उनले स्थानीय संस्कृतिको संरण तथा संवर्धन र श्रमसंस्कृतिको विकासलाई मध्यनजर गर्दै लामाडाँडा पार्क निर्माण आफूहरु सक्रिय भएको बताए। उनले भने, ‘हाम्रा नानीवावुहरु फूर्सदको समयमा मोवाई खेलाएर बस्ने, युवाहरु पनि विभिन्न कुलतमा लाग्ने प्रकृया बढ्दो छ। यसलाई केही हदसम्म भएपनि न्यूनिकरण गर्न र स्थानीय संस्कार, संस्कृतिको विस्तार गर्न श्रमदान अभियोन चलाएका हौं।’

विद्यालयले दीपावली र छठ पर्वको अवसर पारेर विभिन्न सांस्कृतिक तथा खेलकुद सप्ताहको आयोजना गरेका थिए। सोही अवसरमा गोलबजार नगरपालिका शिक्षा शाखा अधिकृत शुवोध कुमार लामा, विद्यालयमा पूर्व विद्यार्थी, गत वर्ष सवैधन्दा धेरै जीपीए ल्याएर एसईई पास गरेका छात्रा, अभिभाभवकहरु र शिक्षकहरुलाई पनि सम्मान र कदर पत्रले प्रदान गरेका थिए।

गोलबजारकै सवैभन्दा पुरानो स्कूल सृजनाले गुणस्तरीय शिक्षा योगदा महत्वपूर्ण योगदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित