पत्रकार श्रेष्ठ पक्राउपछि हिमेश पन्तले भने : पाप धुरीबाट कराउँछ

Picture of हरियो पाटी

हरियो पाटी

511
SHARES
700
VIEWS

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिक्रिया दिएका छन्।

श्रेष्ठ पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत पन्तले ‘पाप धुरीबाट कराउँछ’ भन्दै प्रतिक्रिया दिएका हुन्। उनले छलफलका लागि आउँदै गरेको पनि बताएका छन्।

पन्तले लेखेका छन्, ‘पाप धुरीबाट कराउँछ। छलफल गर्न आउँदै छु!’

पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएपछि साइबर ब्युरोमा उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई शनिबार ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरेको हो।

श्रेष्ठको पक्राउप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै उनलाई बिनाशर्त तत्काल रिहा गर्न माग गरेको छ। महासंघले समाचारमा चित्त नबुझे स्थापित विधिअनुसार समाधान खोज्नुपर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित