धनुषाबाट करिव १०८ किलो गाँजा बरामद

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

जनकपुरधाम, १८ भदौ।  धनुषा प्रहरीले झाडीमा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणको अवैध लागूऔषध गाँजा बरामद गरेको छ। जिल्लाको नगराइन नगरपालिका ५ खिरखिरिया जाने भित्री सडक किनारको झाडीबाट १०७ किलो ९९८ ग्राम गाँजा बरामद गरेको हो।

आज विहान करिब २ः ३० बजे उक्त क्षेत्रमा गाँजा लुकाएर राखिएको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लग्मा जटहीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्लास्टिकमा बेरिएका नौ वटा पोकामा उक्त गाँजा फेला परेको थियो। यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित