बिपी पार्टिसमूहले जगन्नाथलाई सहयोग गर्ने

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
707
VIEWS

चितवन – पुर्ब सांसद तथा बरिष्ठ  अधिबक्ता जगन्नाथ पौडेल प्रतिनिधि सभा सदस्य पदमा चितवन क्षेत्र नं.३ बाट उम्मेद्वार बने संगैँ उनको समूह थप बलियो बन्दै गएको छ । नेपाली कांग्रेसबाट भरतपुरब महानगरको मेयरमा बागी उम्मेद्वारी दिएर स्थानिय तह निर्बाचनमा गठबन्धनको भोट काटेका उनले यस पटक पनि नेपाली कांग्रेसले गठबन्धन गरेर नेकपा माओवादीका उम्मेद्वार लाई सर्मथन गरे संगैं असन्तुष्ट कांग्रेस मतदाताहरुको भोट तान्ने मनसायमा छन् ।

नेपाली कांग्रेसको अस्तित्व र बिरासत जोगाउने उद्धेश्यले स्थापना भएको नेपाली कांग्रेस बिपी पार्टिका जिल्ला समूहले जगन्नाथ पौडेललाई सहयोग गर्ने भएको छ । पौडेल समूहलाई समर्थन गर्दै बिपी समूह चितवन पनि घरदैलोमा निस्किएको छ ।

नेपाली कांग्रेस बिपि पार्टिका जिल्ला अध्यक्ष टेकप्रसाद बस्यालले सत्य र निष्ठाको लडाँई गर्दै गर्दा आज पैसा खर्च गर्न सक्नेहरुले भोट किनेको र सच्चा काग्रेसलाई नै प्रभाबित पारेको आरोप लगाए ।
जगन्नाथ पौडेलले बिपीबादको अनुुशरण गरेको हुदाँ सच्चा कांग्रेसहरुले अब रुखको बिकल्पमा सुर्यमुखी फूलमा मतदान गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित