सिरहामा ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान सुरु हुँदै, ६० हजार बालबालिकाको पोषण अवस्था जाँच गरिने

Picture of हरियो पाटी

हरियो पाटी

526
SHARES
720
VIEWS

सिरहा- दलित विकास मञ्च गोलबजार, सिरहाले हेलेन केलर इन्टरनेशनलको आर्थिक सहयोग तथा जिल्लाका १७ वटै पालिकासँगको समन्वयमा सञ्चालित ‘जीवनका लागि पोषण कार्यक्रम’ अन्तर्गत अभियानमा सहयोग गर्ने भएको हो।

संस्थाका कार्यकारी निर्देशक संजय महराले बालबालिकाको उचाइ, तौल तथा पाखुराको मध्य भागको परिधि नापेर पोषण अवस्था पहिचान गरिने जानकारी दिए। उनका अनुसार सिरहामा ६ महिनादेखि ५९ महिनासम्मका करिब ६० हजार बालबालिका तथा सुनौलो हजार दिनका करिब १४ हजार आमाहरूको पोषण परीक्षण गरिनेछ।

अभियानमार्फत कुपोषण भएका बालबालिकाको समयमै पहिचान गरी उपचारका लागि आवश्यक सेवा उपलब्ध गराइने बताइएको छ। कुपोषित बालबालिकालाई बहिरङ्ग सेवामार्फत तयार उपचारात्मक पोषण आहार निःशुल्क वितरण गरिनेछ।

अभियान स्वास्थ्य संस्था, खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रहरूबाट सञ्चालन गरिने नेपाल सरकारको योजना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित