नेकपा एमालेको सिरहामा निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

सिरहा– नेकपा एमाले सिरहाले निर्वाचन क्षेत्र नं. ३ मा आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सदरमुकाम सिरहामा सो सम्पर्क कार्यालय स्थापना गरिएको हो।

सम्पर्क कार्यालयको उद्घाटन पूर्व कानुन मन्त्री तथा सिरहा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार लीलानाथ श्रेष्ठले एक समारोहका बीच गरेका हुन्।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष अशोक यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित