सिरहामा स्वास्थ्य मन्त्री सिंहद्वारा स्वास्थ्य चौकी भवनको शिलान्यास 

Picture of हरियो पाटी

हरियो पाटी

596
SHARES
817
VIEWS

बैशाख ६ – सिरहा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस प्रदेशद्वारा विनियोजित बजेटबाट निर्माण हुन लागेको स्वास्थ्य चौकी भवनको शिलान्यास गोलबजार नगरपालिका १३,सिरहा २ ख मा सम्पन्न भएको छ।

स्वास्थ्य चौकी भवनको शिलान्यास कार्यक्रम मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधन प्रसाद सिंहकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। मन्त्री सिंहले आफ्नो निर्वाचन क्षेत्रभित्र स्वास्थ्य पहुँचमा सुधार ल्याउने उद्देश्यका साथ उक्त भवन निर्माणका लागि पहल गरिएको जानकारी दिनुभयो।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, स्वास्थ्यकर्मी तथा स्थानीयबासीहरूको उपस्थिति रहेको थियो। स्वास्थ्य चौकी भवन निर्माणपछि गोलबजार १३ र आसपासका स्थानीयवासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास लिइएको छ।

मन्त्री सिंहले आगामी दिनहरूमा पनि आफ्नो क्षेत्रका जनताको स्वास्थ्य, शिक्षा र विकासका विषयमा निरन्तर प्रतिबद्धता रहने स्पष्ट पार्नुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित