चोहर्वा निवासी श्रेष्ठ परिवार द्वारा ब्रह्माकुमारी राजयोग लाई जग्गा दान

Picture of हरियो पाटी

हरियो पाटी

756
SHARES
1k
VIEWS

सिरहा – सिरहा, गोलबजार नगरपालिका–७ निवासी केदर श्रेष्ठ हिरालाल श्रेष्ठ मोतिलाल श्रेष्ठ जवाहरलाल श्रेष्ठ  र डा.बिषणु प्रसाद श्रेष्ठको संन्युक्त नाममा रहेको करिब ५० लाख रुपैयाँ मूल्य पर्ने एक कठ्ठा आफ्नो निजी घडेरी  ब्रह्माकुमारी राजयोग पाठशाला, चोहर्वाको निर्माणका लागि दान गरेका छन्।

शनिबार आयोजित एक विशेष समारोहका बीच पूर्व कानुनमन्त्री लीला नाथ श्रेष्ठ, गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठ ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगीनी ब्रह्माकुमारी डा.राज दादी र जिल्ला समन्वय समिति सिरहाका उपसभापति दिलीप कुमार लामाले संयुक्त रूपमा पाठशालाको शिलान्यास गरेका छन्।

शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले समाजसेवी मोती श्रेष्ठको योगदानको खुलेर प्रशंसा गर्दै शिक्षा, योग तथा आध्यात्मिक चेतनाको विकासमा यस्तो कार्य महत्वपूर्ण हुने बताए। त्यस्तै, पूर्व कानुनमन्त्री श्रेष्ठले समाज सुधारका लागि दान र सेवाभाव महत्वपूर्ण रहेको उल्लेख गरे।

जग्गा दान गर्ने समाजसेवी मोती श्रेष्ठले धार्मिक, सामाजिक तथा नैतिक शिक्षाको प्रवर्द्धनका लागि आफूले यो कार्य गरेको बताए। श्रेष्ठ परिवारले समाजसेवाको भावनाबाट प्रेरित हुँदै   विद्यालय,  स्वास्थ्य चौकीका र अस्पताल र मानव सेवा आश्रम गरि करिव २० करोड मुल्य बराबरको जग्गा दान गरेको दाता श्रेष्ठ परिवारको सदस्य समेत रहेका युवा नेता ज्ञान कुमार श्रेष्ठले जनाएका छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित