गोलबजार नगरपालिकाको १२ औँ हिउँदे नगर अधिवेशन सम्पन्न

Picture of हरियो पाटी

हरियो पाटी

575
SHARES
788
VIEWS

सिरहा,२४ पुस। सिरहाकाे गोलबजार नगरपालिकाले १२ औँ हिउँदे नगर अधिवेशन सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१-८२ का लाथि शंशोधनसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी विकासका योजना सार्वजनिक गरेको हो। नगरसभामा नगर प्रमुख श्याम कुमार श्रेष्ठ, उपप्रमुख मान्ती देवि साह, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, र शाखा प्रमुख हरुको उपस्थिति रहेको थियो। सभामा शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार, खानेपानी र युवा स्वरोजगारलाई प्राथमिकता दिइएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए।

उनलेले गोलबजारलाई समृद्ध नगरका रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्धा अनुरुप योजनाहरु तर्जुमा गरिएको बताए। प्रमुख श्रेष्ठले नगरवासीसँगको सहकार्य र सहभागिताको माध्यमबाट विकासका कार्यलाई तीव्रता दिने बताएका छन। सभाले जलवायु परिवर्तन र वातावरण संरक्षणलाई ध्यानमा राखी हरियाली प्रवर्द्धनका कार्यक्रमहरू लागू गर्ने निर्णय गरेको छ ।

नगरसभामा विगतका योजनाहरूको प्रगति विवरण प्रस्तुत गर्दै कार्यान्वयनमा भएका चुनौतीहरूको समाधान गर्न नयाँ रणनीतिहरू अघि सारिएको बताउँदै  पालिकाले आगामी वर्षमा विकास र सेवामा अझ प्रभावकारी हुने योजना तयार पारिएको जनाए।

सभाले गोलबजारका प्रमुख समस्याहरू समाधान गर्न ठोस योजना लागू गर्न निर्णय गर्दै नगरवासीलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमहरूमा गोलबजार नगरपालिकाले प्राथमिकता दिने हिउँदे नगर अधिवेशन पारित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित