जिबछ साह नेकपा माओवादी केन्द्रमा प्रवेश

Picture of हरियो पाटी

हरियो पाटी

646
SHARES
885
VIEWS

मंसिर २१ सिरहा समाजसेवी युवा व्यवसायी तथा नेकपा एमालेका एक जुझारु नेता समेत रहेका जिबछ साहले आफ्नो पार्टी परित्याग गर्दै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उधोग बेपार महा सघ नगर अध्यक्ष समेत रहेका साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

आज  नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य  विश्वनाथ साह र प्रदेश कमिटीका पूर्व सदस्य रामचन्द्र महतो पुर्व प्रदेश सभा सदस्य जगत प्रसाद यादवकाे विशेष उपस्थितिमा उनले पार्टी प्रवेश गरेका हुन्।

जिबछ साहले आफ्नो प्रवेशसँगै माओवादी केन्द्रको विचारधारा र उद्देश्यप्रति प्रतिबद्ध रहने बताए। साथै, उनले समाजसेवा र व्यवसायको माध्यमबाट जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेकपा माओवादी केन्द्रले उनको आगमनलाई स्वागत गर्दै पार्टी संगठनलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित