करेन्ट लागेर गम्भीर घाइते ८ वर्षीय आयुसको उपचारका लागि परिवारको सहयोग अपिल

Picture of हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

सिरहा । करेन्ट लागेर गम्भीर घाइते भएका सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका–३ पोर्ताहाका आठ वर्षीय बालक आयुस सदाको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ।

गत मंसिर २ गते भारतको हरियाणा राज्यस्थित यमुनानगरमा बहिनी आसिकीसँग क्रिकेट खेल्ने क्रममा करेन्ट लागेर आयुस गम्भीर घाइते भएका थिए। स्थानीय अस्पतालमा उपचार गराउने प्रयास गरिए पनि आर्थिक अभावका कारण परिवारले उनलाई उपचार नगरी घर फर्काउनुपरेको जनाएको छ।

घर फर्किएको एक सातासम्म पनि उपचारका लागि आवश्यक रकम जुटाउन नसक्दा बालकको उपचार प्रभावित भएको परिवारको गुनासो छ।

आयुस स्थानीय ईश्वरलाल सदाका एक्ला छोरा हुन्। परिवारको नाममा गाउँब्लकको मुस्किलले दुई धुर जमिन र त्यसमै बनेको एउटा झुपडीबाहेक अन्य सम्पत्ति नरहेको बताइएको छ। आर्थिक अवस्था कमजोर भएकै कारण छोराको उपचार गराउन नसकेपछि ईश्वरलालले सहयोगी मनहरूलाई आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन्।

यसैबीच, आर्थिक अभावबारे जानकारी पाएपछि बुधबार बिहान स्थानीय अभियन्ता उमेश यादव, देवनाथ यादवसहितका युवाहरूले आयुसको उपचारका लागि नौ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

गम्भीर घाइते बालकको उपचारमा सहयोग पुर्‍याउन परिवारले देश–विदेशमा रहेका नेपाली तथा सहयोगी मनहरूसँग अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित