गोलबजारको नगर प्रमुखमा उम्मेदवारी दिने धनप्रसाद लामाको घोषणा,टिकट नपाए विकल्प खोज्ने

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

गोलबजार । सिरहाको गोलबजार नगरपालिका–३ निवासी धनप्रसाद लामाले आगामी २०८४ सालमा हुने स्थानीय तह निर्वाचनमा गोलबजार नगरपालिकाको नगर प्रमुख पदमा नेकपा बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

विद्यार्थी जीवनदेखि नै कम्युनिस्ट राजनीतिमा सक्रिय रहँदै आएका लामा दुई पटक गोलबजार नगरपालिका–३ को वडा अध्यक्षमा निर्वाचित भइसकेका छन्। लामो राजनीतिक अनुभव र स्थानीय तहमा काम गरेको अनुभवका आधारमा आफू नगर प्रमुख पदका लागि योग्य उम्मेदवार रहेको उनको दाबी छ।

लामाले पार्टीले आफूलाई नगर प्रमुखको उम्मेदवारका रूपमा टिकट नदिए अन्य विकल्पबारे सोच्न बाध्य हुने बताएका छन्। पार्टीले टिकट नदिएको अवस्थामा पनि आफ्नो उम्मेदवारीको सम्भावना खुला रहने उनको भनाइ छ।

उनले आगामी निर्वाचनका लागि केही व्यक्तिहरूले अहिलेदेखि नै पार्टीको माथिल्लो तहसम्म टिकट हात पार्न दौडधुप सुरु गरिसकेको टिप्पणीसमेत गरेका छन्।
‘केही व्यक्तिहरू अहिलेबाटै टिकटको दौडमा लागेको देखिरहेको छु,’ लामाले भने।

दुई पटक वडा अध्यक्षको जिम्मेवारी सम्हालिसकेका लामाको नगर प्रमुख पदमा उम्मेदवारी दिने घोषणासँगै गोलबजारको आगामी स्थानीय तह निर्वाचनको राजनीतिक सरगर्मी अहिलेदेखि नै बढ्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित