सिरहा, २२ कात्तिक। दोस्रो गोलबजार नगरस्तरीय क्रिकेट प्रतियोगितामा घरेलु टिम विजयी भएको छ। चोहर्वा क्रिकेट टिमको आयोजनामा शनिवार चोहर्वास्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न फाइनल खेलमा गोलबजारले सिरहा नगरपालिकालाई ६२ रनले पराजित गर्दै शानदार जित हात पारको हो।
फाइनल खेलमा टस हारेको गोलबजार नगरपालिकाले पहिले ब्याटिङ गरेको थियो। उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै गोलबजारको टोलीले विपक्षी सिरहा नगरपालिकासामु १९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको सिरहा नगरपालिकाले निर्धारित लक्ष्य पूरा गर्न नसकेपछि गोलबजार नगरपालिका ६२ रनको जीत हासिल गरेको हो।
प्रतियोगिताका विजेता टीमलाई एक लाख ११ हजार र उपविजेता टिमलाई ६१ हजार नगद पुरस्कार तथा शिल्ड र मेटर प्रदान गरिएको चोहर्वा क्रिकेट टिमका अध्यक्ष सरोज कुमार रायले जानकारी दिए।
त्यसैगरी, फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका गोलबजार नगरपालिकाका खेलाडी नाजिम सेक म्यान अफ द म्याच घोषित भएका छन्। प्रतियोगिता अवधिमा उत्कृष्ट प्रदर्शन म्यान अफ द श्रिज घोषित भयो। रकम प्राप्त गरेका छन्।
गोलबजार खेलाडी चन्दु कुमार यादब बेस्ट ब्याट्सम्यान बन्न सफाल भए। त्यसैगरी बेस्ट बोलर गोलबजारकै मुकेश रजपुत भएका छन्।
गोलबजार नगरपालिकाको यस शानदार जितले स्थानीय खेलप्रेमी तथा क्रिकेट समर्थकहरूमा खुसीयाली छाएको स्थानीयले बताए। समापन कार्यक्रमा उपस्थित अतिथीहरुले विजेता तथा उपविजेता टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सहयोगीहरूलाई बधाई ज्ञापन गरेका थिए।
प्रतियोगितामा जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामा, नेपाली कम्यूनिट पार्टी (नेकपा)का केन्द्रीय सदस्य रामचन्द्र सिंह, गोलबजार वडा नम्वर ७ का वडा अध्यक्ष हरिशरण ठाकुर र ८ का वडा अध्यक्ष देवनारायण महतो लगाएतका उपस्थिति रहेको थियो।
गोलबजार नगरपालिकाको सहयोग र समन्वन्यमा सम्पन्न प्रतियोगिता स्थानीय व्यसायी, समाजसेवी तथा राजनीतिक दलका प्रतिनिधीहरुको ठूलो सहयोग रहेको आयोजक चोहर्वा क्रिकेट टिमका सचिव राजु कुमार रायले जानकारी दिए।
गत अशोज २६ गतेबाट सुरुभएको प्रतियोगितामा मधेश प्रदेशका विभिन्न १६ वटा नगरपालिका सहभागी भएका थिए।


















Discussion about this post