निर्देशन नमानेपछि ‘एन-प्याब्सन’ निलम्बनमा

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

काठमाडौँ : गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) लाई निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार अर्को निर्णय नभएसम्मका लागि संगठनलाई निलम्बन गरेको हो।

राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम स्वीकृति लिई सञ्चालनमा रहेको एन-प्याब्सनले मन्त्रालयका निर्देशनहरू बारम्बार अवज्ञा गरेको र संस्थाको उद्देश्यविपरीत गतिविधि सञ्चालन गरेको भन्दै मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ।

मन्त्रालयद्वारा जारी सूचना अनुसार संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्यविपरीतका काम गरेको पाइएको छ। यसअघि मन्त्रालयले सम्बन्धित पक्षहरूलाई राखेर गत असोज २३ गते छलफल गराएको थियो।

साथै यसअघि जारी गरिएका निर्देशनहरू बमोजिम कार्य गर्न आग्रह गरेको थियो। तर निर्देशनहरूको निरन्तर उल्लंघन भएपछि ऐनको व्यवस्थानुसार कारबाही अघि बढाइएको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम दिइएको निर्देशन पालना नगरेकाले सोही ऐनको दफा ६ को उपदफा (२) बमोजिम संस्थालाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको सूचनामा उल्लेख छ।

यसैबीच मन्त्रालयले संगठन निलम्बन भइसकेकाले अब एन-प्याब्सनका नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधि पूर्ण रूपमा गैरकानूनी हुने स्पष्ट पारेको छ।

संस्थाको नाममा कुनै गतिविधि गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत गृह मन्त्रालयले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित