गोलबजारबाट वडाध्यक्ष सोहेब अनवर पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

कार्तिक ९, सिरहा । सिरहाको गोलबजार नगरपालिका–११ बलकावाका वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन्। उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार गत साउन १० गते सुनसरीको देवानगञ्ज र साउन १४ गते सिरहाको गोलबजारमा भएका तोडफोड, आगजनी तथा सार्वजनिक शान्तिविरुद्धका घटनामा संलग्न रहेको आरोपमा अनवरविरुद्ध मुद्दा दर्ता गरिएको थियो।

गोलबजारमा भएको तोडफोड तथा आगजनीको घटनामा अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै ‘हिन्दु सम्राट सेना’ नामक संस्थासँग आबद्ध केही व्यक्तिले करिब दुई महिनाअघि प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो।

प्रहरीका अनुसार अनवर पछिल्लो समय कहिले ससुरालीमा त कहिले अन्य स्थानमा लुकिछिपी बस्दै आएका थिए। उनी घर आएको अवस्थामा समेत प्रहरीबाट बाच्न लुक्ने गरेको सूचनाका आधारमा खोजतलास गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अनवर जसपा (जनता समाजवादी पार्टी) बाट निर्वाचित वडाध्यक्ष हुन्।

सार्वजनिक शान्तिविरुद्धको कसुर भनेको के हो?

सार्वजनिक शान्तिविरुद्धको कसुर भन्नाले सार्वजनिक स्थानमा अशान्ति फैलाउने, हिंसात्मक गतिविधि गर्ने, तोडफोड तथा आगजनी गर्ने वा सार्वजनिक व्यवस्था र शान्ति सुरक्षामा खलल पुर्‍याउने प्रकृतिका गैरकानुनी कार्यहाे  यस्ता कार्यको प्रकृति र परिस्थितिअनुसार सम्बन्धित कानुनबमोजिम अनुसन्धान तथा कारबाही हुन सक्छ।

प्रहरीले अनवरमाथि लागेको आरोपबारे थप अनुसन्धान भइरहेको जनाएको छ। यद्यपि, पक्राउ पर्दैमा उनी दोषी ठहर भएका भने होइनन्। घटनामा उनको संलग्नता र कानुनी दायित्वको अन्तिम निर्धारण अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियाबाट हुने प्रहरीले जनाएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित