९ लाख घुससहित नापी अधिकृत पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

549
SHARES
752
VIEWS

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९ लाख घुससहित नापी अधिकृत पक्राउ गरेको छ। आयोगले काठमाडौंको नापी कार्यालय डिल्लीबजारअन्तर्गत३ नम्बर नापी टोली,माछापोखरीका टोली प्रमुख नापी अधिकृत डिल्लीबहादुर वलीलाई घुससहित नियन्त्रणमा लिएको हो।

छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय,मनमैजुमा पठाउन अनावश्यक दुःख,हैरानी दिई घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले वलीलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

अख्तियारका अनुसार वलीलाई घुसबापत ९ लाख रुपैयाँ लिइसकेको अवस्थामा बुधबार काठमाडौंको टोखा नगरपालिका-५,वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो।

वलीविरुद्ध घुस/रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा बिहीबार विशेष अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित