ललिता निवासको जमिन प्रकरणमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

प्रहरीले पार्टीको समीक्षा भेलाका निम्ति सुर्खेत पुगेका एमाले उपाध्यक्ष बिष्णु पौडेललाई सम्पत्ति शुद्बिकरण बिभागको पत्रका आधारमा पक्राउ गरेको छ ।

सुर्खेतमा आयोजित कार्यक्रममा सहभागी पौडेललाई पक्रेर काठमाडौं ल्याउन लागिएको छ । सेयर कारोबार र सम्पत्तिसहित बालुवाटारको ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धानको क्रममा नियन्त्रणमा लिइएको सरकारी दावी छ ।

यसबीच सरकारले २०६३ देखि यताका पूर्व कर्मचारी,राजनीतिज्ञलगायतको सम्पत्ति छानबिनका निम्ति आयोग गठन गरेको छ । आयोगले सम्पत्ति विवरण बुझाउन जेठ मसान्तसम्म दिएको म्याद पुनः एक महिना थपेको अवस्थामा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पौडेललाई नियन्त्रणमा लिएको हो ।

पार्टी पुनर्गठन अभियानमा जुटेका पौडेलमाथि छोराका नाममा ललितानिवासको ८ आना जग्गा लिएर सरकारलाई फर्काएको केस उल्टाउन लागिएको बुझिएको छ ।

पौडेल पक्राउ परेलगत्तै सम्पत्ति शुद्धीकरण विभागको टोलीले उनको ललितपुरको भैँसेपाटीस्थित निवासमा समेत छापा मारेको छ । पौडेललाई रात्रि बसमा चढाएर काठमाडौं ल्याउन लागिएको छ ।

आज बिहान पौने १२ बजेदेखि सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ एरीचोकमा रहेको शुभ होटलमा  एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम चल्दाचल्दै एसपी ठाकुरप्रसाद  पौडेलको कमाण्डमा ९ जनाको टोलीले पौडेललाई सम्पत्ति शुध्दिकरण मुद्दामा पक्राउ गरेको हो ।

स्रोतका अनुसार हाल सम्पत्ति शुद्धिकरण,बिमा,धितोपत्र र बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि जेल चलान भएका विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धमा पनि पौडेलमाथि अनुसन्धान हुने सम्भावना छ । यसअघिका अन्य अर्थमन्त्री पनि सम्पत्ति शुद्धिकरणको राडारमा रहेको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित