निर्वाचन लक्षित गर्दै सिरहा-३ मा एमालेको घरदैलो अभियान

Picture of हरियो पाटी

हरियो पाटी

530
SHARES
726
VIEWS

सिरहा – निर्वाचन क्षेत्र नम्बर-३ मा यही फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले ले घरदैलो अभियानलाई तीव्र बनाएको छ। क्षेत्रका उम्मेदवार लिलानाथ श्रेष्ठ यतिबेला प्रत्येक गाउँका घर-घरमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्।

घरदैलोका क्रममा श्रेष्ठले स्थानीय बासिन्दाका समस्या, विकाससम्बन्धी अपेक्षा तथा जनजीविकासँग जोडिएका मुद्दाहरू सुन्दै समाधानका प्रतिबद्धता व्यक्त गरेका छन्। अभियानसँगै विभिन्न वडामा वडा भेला कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्, जसमा पार्टीका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहने गरेको छ।

एमालेले मतदाता संवाद, संगठन सुदृढीकरण र चुनावी एजेन्डा प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यसहित अभियान अघि बढाइएको जनाएको छ। स्थानीय तहमा देखिएका पूर्वाधार, रोजगारी, शिक्षा र स्वास्थ्यका सवालहरूलाई प्राथमिकतामा राखिएको पार्टी स्रोतले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित