गोलबजारमा निःशुल्क हुने जेष्ठ नागरिक स्वास्थय विमामा पनि विमाकर्ताले असुले रकम

हरियो पाटी

हरियो पाटी

756
SHARES
1k
VIEWS

सिरहा, २७ कार्तिक। सिरहाको गोलबजारमा एक स्वास्थ्य विमाकर्ताले निःशुल्क गर्नु पर्ने जेष्ठ नागरिकसँग रकम असुल गरेको छ। गोलबजार नगरपालिका १२ बेतौनाका विमा कर्ता भवेश कुमार झाले ७४ वर्षिय जमनी धानुकनीसँग स्वास्थ्य विमा बापत तीन हजार ५ सय रुकम लिएको हो।

स्वास्थ्य विमाकार्ड रिनोल गराउन गएका उनलाई तत्काल रिनोल गरउनेभए तीन हजार पाँचय रकम बुझाउनु पनु पर्ने दवाव दिएपछि उनको नातीले झालाई रकम बुझाएको बताए।

उनका नाती मिथलेश मण्डलले पहिला नयाँ कार्ड बनाउने बेलामा पनि रकम लागेको थिएन, अहिले किन पैसा चाहियो? भनि प्रश्न गर्दा झाले पैसा नदिनेभए रिनोलगर्न २ महिना लाग्छ भनेपछि पैसा बुझाउन बाध्य भएको बताए।

उनले भने, ‘मैले पैसा लाग्दैन रे भन्दा पनि उनले नमाने पछि उनले नै चलाएको प्रियङ्का सर्जिकल हाउसको नाममा खोलिएको ग्लोवल आईएमई बैंकको खातामा क्यूआर कोर्डमापर्फत रकम पठाएँ।’

उनले आफूले तिरेको पैसा फिर्ता पाउनु पर्ने र झामाथि आवश्यक कार्वाही गर्नुपर्ने माँग गरेका छन्।
यता विमाकर्ता झाले भने रकम लिएको स्वीकार गर्दै फिर्ता गर्ने बताए। उनले भने, ‘मैले पैसा लिएको हो, उसलाई चाहियो भने फिर्ता गरिहाल्छु।’
किन पैसा लिनु भएको त? भनि प्रश्न गर्दा उनले फेरी म फिर्ता गर्न तयार रहेको दोहर्याए।

झाले गाउँघरका अन्य जेष्ठ नागरिकसँग पनि निःशुल्क हुने स्वास्थ्य मिकाको रकम गैरकानूनी रुपले असुल गर्ने गरेको गुनासो बढेको स्थानीइको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित