गोलबजारमा एमालेको नगरस्तरीय सभा सम्पन्न, युवाको प्रवेश र नेताहरूको जुझारू अभिव्यक्ति

हरियो पाटी

हरियो पाटी

658
SHARES
901
VIEWS

सिरहा, गोलबजार – नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोलबजार नगर कमिटीद्वारा आयोजित नगरस्तरीय सभा आज गोलबजार स्थित अतिथि सदनमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी जेन -जि उमेरका समुहका युवा हरु एमालेमा प्रवेश गरेपछि सभाको ऊर्जा झनै उच्चिएको थियो।

नव-प्रवेशी युवाहरुलाई पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ, मधेश प्रदेशका पूर्व स्वास्थ्य मन्त्री सत्रुधन सिंह प्रदेश सभा सदस्य मनोज सिह तथा  गोलबजार नगर प्रमुख श्याम कुमार श्रेष्ठले रातो गम्छा र अबिरले भव्य स्वागत गरेका थिए।

सभालाई सम्बोधन गर्दै पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले हाल देशभर एमालेलाई कमजोर पार्ने विभिन्न प्रयास भइरहेको तर त्यो “जनताको आँखामा धुलो हाल्ने षड्यन्त्र” मात्र भएको टिप्पणी गरे। उनले भने-“एमाले सिध्याउने खेल देशभर चलाइएको छ, तर एमाले सिध्याउन सक्ने शक्ति कुनै छैन। जनताको घर-आँगनमा पुगेर सेवा गर्ने पार्टी एमाले हो। जनता जहाँ छन्, त्यही एमालेको बल छ।

उनले भ्रष्टाचार, अस्थिरता र राजनीतिक स्वार्थका विरुद्ध एमाले नै दृढतापूर्वक उभिएको दाबी गर्दै थपे-देशलाई दिशाहीन बनाउने होइन, देशलाई स्थिर र विकासको बाटोमा अघि बढाउने हाम्रो लक्ष्य हो। यसका लागि युवा शक्ति सबैभन्दा ठूलो हतियार हो ।

त्यसै गरी पूर्व स्वास्थ्य मन्त्री सत्रुधन सिंहले एमाले जनताको हितका मुद्दामा कहिल्यै पछि नपरेको उल्लेख गर्दै युवाको सक्रियता पार्टीको भविष्यलाई अझ मजबूत बनाउने बताए।

गोलबजार नगर प्रमुख श्याम कुमार श्रेष्ठले जेन जि (जनता नेटवर्क जेनरेशन) को नाममा अराजक गतिविधि बढिरहेको आरोप लगाउँदै भने-हामी जेन जि समूहको सकारात्मक कार्यको पूर्ण समर्थन गर्छौँ, तर जेन- जिकाे नाममा अराजकता मच्चाउने र अव्यवस्थालाई कुनै हालतमा सहँदैनौँ।

कार्यक्रममा प्रदेश सभा सदस्य मनोज सिंह लगायतका नेता तथा ठूलो संख्यामा कार्यकर्ता र स्थानीय नागरिकको उल्लेखनीय उपस्थित रहेको थियो।

देशभर आज आयोजित एमालेका नगरस्तरीय सभामध्ये गोलबजार-सिरहाको सभा युवाको प्रवेश तथा नेताहरूको प्रभावशाली सम्बोधनका कारण विशेष रूपमा सफल भएको आयोजक कमिटीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित