काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट २ हजार ४ सय १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन आयोगका अनुसार ६२ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरेर सोही संख्यामा उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार नेकपा एमालेले १ सय ४१, नेपाली कांग्रेसले ९१, नेकपा माओवादी केन्द्रले ४६, नेकपा एकीकृत समाजवादीले २१, जनता समाजवादी पार्टीले ७९ क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।
सोही दलले प्रदेशसभा सदस्य निर्वाचनका लागि भने उम्मेदवारी दर्ता गराएको छैन् । प्रतिनिधिसभाको कुल १ सय ६५ निर्वाचन क्षेत्र मध्ये स्वतन्त्र पार्टीले १ सय ३१ ठाउँमा उम्मेदवारी दर्ता गरेर तेस्रो बनेको छ ।
Discussion about this post