गोलबजारमा ‘लाइफ-लङ हेल्थ केयर’को नयाँ व्यवस्थापनसहित आज देखि थप सेवा सुचारु

हरियो पाटी

हरियो पाटी

685
SHARES
939
VIEWS

सिरहा, गोलबजार । नयाँ व्यवस्थापन र पूर्ण सुविधासम्पन्न सेवासहित लाइफ-लङ हेल्थ केयरले गोलबजारमा आफ्नो सेवा औपचारिक रूपमा पुनः सुरु गरेको छ।

पुर्व पछीम लोकमार्ग्को गोलबजार नगरपालिका-४ स्थित इलाका प्रहरी कार्यालय गोलबजार र स्वास्थ्य चौकीको दक्षिण पट्टि रहेको यस हेल्थ केयरले आजदेखि २४ घन्टे नियमित सेवा सुचारु गरेको छ ।

संस्थाका प्रतिनिधिले जनाए अनुसार पुरानो स्थानबाट सरेर अबको नयाँ स्थानमा थप सुविधा,सफा वातावरण र सहज पहुँचका साथ स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।
लाइफ-लङ हेल्थ केयरले सामान्य उपचारदेखि रोग परामर्श, परीक्षण र औषधि वितरणसम्मका सेवा निरन्तर उपलब्ध गराउँदै आएको छ।

स्थानीयवासीहरूले नयाँ व्यवस्थापन र सुदृढ सेवाका कारण यस हेल्थ केयरप्रति विश्वास बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित