बालेन साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी

हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा जाहेरी दिएको छ ।

सामाजिक सञ्जालबाट एमाले, काङ्ग्रेसलगायतका दलका साथै विदेशी देशहरूलाई गाली गरेको कसुरमा युवा सङ्घले बालेन साहविरुद्ध जाहेरी दिएको हो ।

जाहेरी पत्रमा सार्वजनिक पदमा बसेको व्यक्तिले दलका साथै अन्य देशलाई गाली गरि सार्वजनिक शान्ति खलल गरेको,सामाजिक भाइचारा बिगारेको र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत आँच आउने कार्य गरेकाले प्रचलित कानुन बमोजिम कारबाही गर्न माग गरिएको राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष महाराज गुरुङले जानकारी दिए ।

जाहेरीमाथि छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने जानकारी प्राप्त भएको उनले बताए । बालेनले केहि दिन अघि अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्ट्याटस फेसबुकमा राखेका थिए । आलोचना भएपछि बालेनले स्ट्याटस फेसबुकबाट हटाएका थिए ।

574239894_1363450148626215_6663876076097864225_n576709531_820460184041863_1486208059862023880_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित