छठ पर्वको मूख्य दिन अस्ताउँदो सूर्यलाई ब्रतालुले दिए अर्घ्य

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
712
VIEWS

सिरहा, १० कार्तिक। छठ पर्वको मुख्यदिन आज अस्ताउँदो सूर्यलाई वस्तालुहरुले अर्घ्य दिएर मनाएका छन्। पुजासामाग्रीसहित पोखरी तथा नदी किनारामा बनाएका छटघाटहरूमा पुगेर स्नानगरी पानीमै बसेर बर्तालुहरुले अर्घ्य  दिएका हुन्।

सम्पूर्ण पूजाका सामाग्रीसहित छठ घाट पुगेका  बर्तालुहरुले सूर्यलाई देखाउँदै आजको पुजा सूर्यको पुजा गरिएको छ।
पुजा सामाग्री छठ घाटमै राखेर रातभर बर्तालुहरु जागरामबसी विभिन्न भजनकिर्तन गर्ने प्रचलन छ।

तराई मधेशमा विशेष महत्वका साथ मनाइने छठका लागि मधेश प्रदेशका विभिन्न जिल्लाका पोखरी तथा नदी किनारमा वर्तालुहरूको घुँइचो लागेको छ।
सूर्यदेव र षष्ठीदेवी (छठीदेवी)को आराधना गरिने चार दिने यो पर्वको आज मुख्य दिन मानिन्छ।

कार्तिक शुक्ल चौथीका दिन गत शनिबार ‘नहायखाय’ विधिबाट पर्व सुरु गरेका वर्तालुले दोस्रो दिन आइतबार ‘खरना’ विधि सम्पन्न गरेका थिए। आज मुख्य दिन अस्थाउँदो सूर्यलाई अर्घ्य दिएर मनाएको छ। भोली विहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित