मिर्चैया कुटपीट घटनामा पक्राउपरेकामध्ये तीन जनालाई राजनीतिक दवावमा छोडे

हरियो पाटी

हरियो पाटी

535
SHARES
733
VIEWS

सिरहा, कार्तिक। सिरहाको मिर्चैया नगरपालिका ३ छड्की टोलको कुटपीट घटनामा संलग्नमध्ये तीन जनालाई राजनीतिक दवावमा प्रहरीले छोडेको पीडितले आरोप लगाएको छ। कुटपीट घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये किशोरी यादव, पूर्व वडाध्यक्ष हरी कुशीयौत र जगदीश धुर्झार यादवलाई प्रभावमा परेर प्रहरीले छोडेको पीडितले आरोप लगाएको हो।

हालसम्मको अनुसन्धानले उनीहरुको संलग्नता नदेखिएकोले तारेखमा छोडिएको इलाका प्रहरी कार्यालय, मिर्चैया प्रमुखका डीएसपी संतोष बुढाथोकीले बताए। उनले भने, ‘हामीले घटनाकै दिनदेखि अनुसन्धान गरिरहेका छौं, उहाँहरु घटनाको अवस्थामा अन्यत्र रहेको देखिएकाले तत्काललाई तारेखमा छोडीएको हो। अनुसन्धान जारी छ, अनुसन्धानले देखाए फेरी पनि पक्राउ पर्न सक्छन्।’

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकामध्ये अशोक यादवसहित दुई जना अझै प्रहरीकै नियन्त्रणमा रहेको जनाएको छ।

प्रहरीले पीडितले दिने जाहेरीमा फलानो–चिलानोकोनाम हाले जाहेरी नलिने भन्दै फर्काएको पीडितको  भनाई छ। प्रहरी आफैले पनि पीडित भन्दा पनि तेस्रो पक्षले जाहेरी ल्याएको तर, त्यसमा घटनामा संल्गन नरहेको व्यक्तिहरुकोसमेत नाम रहेकाले तत्काल जाहेरी नलिएको स्वीकार गरेको छ।

प्रहरीको यस प्रकारको गतिविधिले घटना जटिल बन्दै गएको स्थानीयको भनाई छ।

आईतबार बेलुका घरमै आएर धारिलो हतियार प्रहार हुँदा एकै परिवारका चार जना घाइते भएका थिए। प्रहरीका अनुसार, स्थानीय ६० वर्षीय शिवनन्दन यादव, उनकी श्रीमती ५७ वर्षीया दुर्गी देवी यादव, ४२ वर्षीय छोरा जमाहिर यादव र ३७ वर्षीया बुहारी रिता यादव घाइते छन्। जसमध्ये गम्भीर घाइते भएकी रिताको उपचारको गोलबजारस्थित बर्धमान अस्पतालमा भईरहेको छ। अन्यको मिर्चैयामै उपचार भइरहेको छ।

उनीहरूको शरीरको विभिन्न भागमा घाउ चोट र काटिएको देखिएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका जनाएको छ।

घाइतेको मिर्चैयास्थित एक निजी क्लिनिकमा उपचार गराइरहेको पीडित शिवनन्दन यादवले जानकारी दिए। अनुसार उनीहरू घरमै बसिरहेको अवस्थामा आएको १५–२० जनाको समूहले आक्रमण गरेको हो। उनीहरूले आफूहरूमाथि खुकुरी, रड, भाटालगायतले प्रहार गरेको उनले बताए।

विवाद हुनुभन्दा केही घण्टाअघि पूर्व वडाअध्यक्षका भतिजोसँग विवाद परेको थियो।त्यहि विवादका कारण पूर्व वडाअध्यक्ष आफैले योजना बनाएर समूहनै लिएर आएको एक स्थानीयले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित