बलात्कार आरोपमा बिहारका कमेडियन मनी मेराज पक्राउ

हरियो पाटी

हरियो पाटी

540
SHARES
740
VIEWS

भारत, गाजियाबाद – चर्चित बिहारका कमेडियन युट्युबर मनी मेराजलाई प्रहरीले आफ्नै महिला युट्युबर साथीमाथि बलात्कार जबरजस्ती धर्म परिवर्तन र गर्भपतन गराएको आरोपमा पक्राउ गरेको छ।

गाजियाबाद प्रहरीका अनुसार पीडित महिलाले उजुरी दिँदै मनी मेराजले विवाहको प्रलोभनमा पारेर पटक–पटक बलात्कार गरेको, पछि धर्म परिवर्तन गर्न दबाब दिएको र जबरजस्ती गर्भपतन गराएको बताएकी छिन्।

प्रहरीले उजुरीको आधारमा अनुसन्धान अघि बढाउँदै मनी मेराजलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको जनाएको छ। यस घटनाले सामाजिक सञ्जाल र युट्युब समुदायमा ठूलो चासो र प्रतिक्रिया पैदा गरेको छ।

मनी मेराज बिहारमा सामाजिक व्यंग्य र हास्य भिडियोमार्फत चर्चामा आएका व्यक्ति हुन्। तर हाल लागेका गम्भीर आरोपले उनको प्रतिष्ठा र करिअरमा ठुलो असर पारेको बताइँदैछ।

प्रहरीका अनुसार घटनासम्बन्धी थप प्रमाण संकलन भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित