सिरहा बासिले अति आवश्यक बाहेकका लामो दुरीको यात्रा नगर्न सिरहा प्रशासनकाे आग्रह

Picture of हरियो पाटी

हरियो पाटी

538
SHARES
737
VIEWS

सिरहा, १७ असोज।
जिल्ला प्रशासन कार्याल्य सिरहाले अति आवश्यक बाहेकका लामो दुरीको यात्रा नगर्न र यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान सूचनाबमोजिम १७ गते देखि २० असोजसम्म अति भारी वर्षाले मनसुनजन्य विपतका घटना घट्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यालय सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा शुक्रबार  सूचना जारी गर्दै उक्त अवधिमा जिल्लाका विभिन्न स्थानबाट लामो तथा मझौला दूरीको यात्रामा अर्को जिल्लामा जाँदा राजमार्गको सन्दर्भमा जारी भएको सूचना र सडकको अवस्थाको बारेमा पूर्ण जानकारी दिन, रातको समयमा यात्रुको सुविधालाई समेत ध्यानमा राख्दै परिस्थितिको सामना गर्न र सवारीसाधन सुरक्षित स्थानमा विश्राम गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ।

अति भारी वर्षा भइरहेको समयमा आफ्नो सवारीसाधनलाई सुरक्षित स्थानमा पार्किङ गर्ने र यात्रा सुरक्षित हुने सुनिश्चितताको आधारमा अगाडि बढ्ने व्यवस्था मिलाउन, सिराहा जिल्लाबाट लामो दूरीका सवारीसाधनमा यात्रा गर्दा अन्य जिल्लाको राजमार्गमा आउने पहिरो तथा मनसुनजन्य विपतका बारेमा चालकले पूर्ण रूपमा जानकारी राख्न सूचनामा उल्लेख छ।

मौसम पूर्वानुमानका आधारमा सिराहा जिल्लाको कमला, बलान, गागन, मैनावती, घुर्मीसहित अन्य स–साना खहरेहरूमा समेत अकस्मात् पानीको बहाव बढेर विपद्जन्य घटना घट्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित