गोलबजार स्पोर्ट्स क्लबको प्रथम साधारणसभा सम्पन्न, अध्यक्षमा लामा सर्वसम्मत

Picture of हरियो पाटी

हरियो पाटी

535
SHARES
733
VIEWS

गोलबजार, ८ असोज।
सिरहन – छोटो समयमा खेलकुद क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गोलबजार स्पोर्ट्स क्लबको प्रथम साधारणसभा सम्पन्न भएको छ। विहीवार गोलबजारस्थित बर्गर हाउसमा सम्पन्न साधारणसभाले रञ्जित कुमार लामाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा प्रविण श्रेष्ठ, सचिवमा नरेश लामा, सह–सचिवमा श्रवण मण्डल र कोषाध्यक्षमा सूर्यनारायण साह रहेका छन्।

साधारणसभाको उद्घाटन गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा उनले साधारणसभाको सफलताको शुभकामना दिँदै नवगठित कार्यसमितिलाई कार्यकालभर सफल भइ खेलकुदको विकासमा योगदान दिन आग्रह गरे।

कार्यक्रममा मधेश खेलकुद परिषद्का सदस्य निश्चेष कुमार श्रेष्ठ, गोलबजार नगरपालिकाका वडाध्यक्षहरू संजित लामा, धनप्रसाद लामा र सकलदेव यादवलगायतको उपस्थिति रहेको थियो। उनीहरूले खेलकुद, विशेषगरी फुटबलको विकासमा नगरपालिकाले एकद्वार प्रणालीमार्फत सहयोग गर्ने आवश्यकतामा जोड दिए।

क्लबका अध्यक्ष रञ्जित कुमार लामाको अध्यक्षतामा सम्पन्न साधारणसभाको सञ्चालन कराते प्रशिक्षक कसम कुमार लामाले गरेका थिए। उपस्थित अतिथिहरूले छोटो समयमा नै फुटबल क्षेत्रमा क्लबले गरेको प्रयासको उच्च सराहना गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित