मातृकाका छोरा रविकिरण यादवले त्यागे माओवादी

Picture of हरियो पाटी

हरियो पाटी

529
SHARES
724
VIEWS

३१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका विद्यार्थी नेता रविकिरण यादवले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

हालै विद्यार्थी संगठन पार्टीको आन्तरिक कलहभन्दा माथि उठ्न नसकेको भन्दै निष्कृय भएका यादवले आज सामाजिक सञ्जालमार्फत् पार्टी पनि परित्याग गरेको जानकारी दिएका हुन् ।

रविकिरण माओवादी नेता मातृका यादवका छोरा हुन् । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पूर्वउपाध्यक्ष रहेका यादव हाल पार्टीको उपत्यका विशेष प्रदेश सदस्य थिए ।

उनले फेसबुकमा लेखेका छन्, ‘युवा हुनुको औचित्य मात्र पनि स्थापित गर्न र नैतिकताका आधारमै भए पनि आजको मितिबाट नेकपा (माओवादी केन्द्र) को साधारण सदस्य समेत नरहने घोषणा गर्दछु ।’

देश रोइरहेको’ भन्दै उनले लेखेका छन्, ‘हिजोको आन्दोलनले मलाई निदाउन दिएको छैन, अझ त्यसमाथि क्रान्तिकारी भनिएको हाम्रो पार्टीको कर्मकाण्डी औपचारिक/अनौपचारीक निर्णयले हिजो दन्केको आगोलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा डाउनप्ले गर्न खोजेको भनेर लिएको छु । अत: एमाले, कांग्रेस मात्र होइन, प्रतिपक्षी भएर पनि प्रतिपक्षीको भूमिकामा बस्न अफ्ठ्यारो मानेको हाम्रो महान् तथा गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) मा म एक युवाको नाताले आबद्ध भएर बसिरहन उपयुक्त ठानिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित