सिराहा । ‘जेनजी’ प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार भएकामध्ये दुई जना कैदी बन्दीलाई सिराहा प्रहरीले आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुई जनालाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।
नक्खु कारागार, काठमाडौँबाट फरार भएका लहान नगरपालिका–४ रघुनाथपुर निवासी ५१ वर्षीय रामसेवक यादव र जलेश्वरस्थित कारागार कार्यालयबाट भागेका भारतको मधुवनी निवासी ३८ वर्षीय गोपाल साहलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए ।
यसअघि, शुक्रबार पनि सिराहा प्रहरीले तीन जना फरार कैदी बन्दीलाई भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो । पक्राउ परेका कैदी बन्दीलाई सम्बन्धित कारागारमा पठाउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए ।
Discussion about this post