वीरगञ्जमा हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्री सिंहको अनुगमन, उपचारमा लापरबाही नगर्न निर्देशन

Picture of हरियो पाटी

हरियो पाटी

527
SHARES
722
VIEWS

वीरगञ्जमा हैजा नियन्त्रणका लागि स्वास्थ्य मन्त्री सिंहको अनुगमन, उपचारमा लापरबाही नगर्न निर्देशन

वीरगञ्ज, भदौ १७ । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले वीरगञ्जमा फैलिएको हैजा महामारीका बिरामीलाई नारायणी अस्पतालमा भइरहेको उपचारमा कुनै पनि लापरबाही नगर्न निर्देशन दिएका छन्।

मन्त्री सिंहले मंगलबार नारायणी अस्पतालमा पुगेर हैजा प्रभावित बिरामीसँग प्रत्यक्ष भेटघाट गर्दै स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन्। मन्त्री सिहले अस्पताल प्रशासनलाई सतर्क रहनुका साथै प्रभावकारी ढंगले उपचार सेवा उपलब्ध गराउन स्पष्ट निर्देशन दिएका छन्।

उनको अनुगमन टोलीमा स्वास्थ्य मन्त्रालयका टिम, निर्देशनालयका डाइरेक्टर, जिल्ला स्वास्थ्य कार्यालय पर्साको टिम लगायतका टाेलिहरु सहभागी थिए। टोलीले अस्पतालमा भर्ना भएका बिरामीहरूको उपचार प्रक्रिया, आवश्यक औषधि र जनशक्ति व्यवस्थापनबारे पनि प्रत्यक्ष जानकारी लिएको छ।

मन्त्री सिंहले हैजा नियन्त्रण र उपचारमा सरकार प्रतिबद्ध रहेको भन्दै जनतालाई नआत्तिन आग्रगर्दै सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित