गोलबजारमा ३५ वर्षीया महिलामा डेगु संक्रमण पुष्टि

हरियो पाटी

हरियो पाटी

578
SHARES
792
VIEWS

सिरहा, भदौ ८ गते। सिरहाको गोलबजार नगरपालिका–१० जिमदारटाेल की करिब ३५ वर्षीया एक महिलामा डेगु (Dengue) संक्रमण पुष्टि भएको छ।

स्थानीय स्वास्थ्यकर्मीका अनुसार ती महिलाले लामो समयदेखि ज्वरो, टाउको दुखाइ र शरीरमा कमजोरी देखिएपछि परीक्षण गराउँदा डेगु पोजिटिभ देखिएको हो। अहिले उनलाई स्वास्थ्यकर्मीको निगरानीमा कबिर मेडिकल चोहर्वामा उपचार भइरहेको छ।

गोलबजार क्षेत्रमा पछिल्लो समय डेगुको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्यकर्मीहरूले सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्। डेगु फैलाउने एडीस जातका लामखुट्टाको प्रजननस्थल नष्ट गर्न तथा सरसफाइमा ध्यान दिन जनतालाई अनुरोध गरिएको छ।

यसअघि पनि सिरहाका विभिन्न स्थानमा डेगुका बिरामी फेला परेको र अझै पनि थप संक्रमित भेटिने सम्भावना रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित