गोलबजारमा बोर्डिङ स्कुल सञ्चालकको विरोध प्रदर्शन

हरियो पाटी

हरियो पाटी

607
SHARES
831
VIEWS

सिरहा, भदौ ६ । शिक्षा विधेयक निजी विद्यालयमैत्री नभएको भन्दै सिरहाका निजी बोर्डिङ स्कुल सञ्चालकहरूले शुक्रबार गोलबजार सडकमा विरोध प्रदर्शन गरेका छन् ।

प्याब्सन र एनप्याब्सनअन्तर्गतका विद्यालयहरूले कालो झन्डा र ब्यानरसहितका स्कुल बसहरूको र्‍याली निकालेका हुन् । विरोधस्वरूप निकालिएको बस र्‍याली गोलबजारस्थित गणपती पेट्रोलपम्पबाट सुरु भई धनगढीमाई नगरपालिकाको कसहा हुँदै सम्पन्न भएको थियो ।

यसैगरी सोही आन्दोलन अन्तर्गत मिर्चैया, सिरहा सदरमुकाम र लहानमा पनि निजी विद्यालय सञ्चालकहरूले स्कुल बससहितको र्‍याली गरेका छन् । उनीहरूले शिक्षा विधेयकले निजी शिक्षाको अस्तित्व नै संकटमा पार्ने भन्दै सरकारको विरोधमा आवाज उठाएका छन् ।

सञ्चालकहरूले सरकारले ल्याएको विधेयक फिर्ता लिएर निजी विद्यालयमैत्री व्यवस्था मिलाउन माग गर्दै आन्दोलन निरन्तर रहने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित