सबैले एकजुट भएर सहिदको सपना पुरागर्न अगाडि बढ्नु छ : पूर्वमन्त्री साह

Picture of हरियो पाटी

हरियो पाटी

535
SHARES
733
VIEWS

सिरहा, २ भदौ। नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य विश्वनाथ साहले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सहिदले देखाएको बाटोमा अगाडि बड्न सम्पूर्णमा अनुरोध गरेका छन्। जिल्ला पार्टीले गोलबजारमा आयोजना गरेकोसहिद रामबृक्ष यादवको ३१ औं स्मृति दिवसलाई सम्वोधनगर्दै शोषणमुक्त, समतामूलक र समाजवादी समाज निर्माणमा एकजुट भएर लाग्न अनुरोध गरेका हुन्।

पूर्व मन्त्रीसमेत रहेका नेता साहले सहिद रामबृक्ष यादवले आफ्नो जीवनभर श्रमिक, मजदुर, किसान र उत्पीडित बर्गको अधिकार प्राप्तीको लागि संघर्ष गरेको बताए। सहिद यादवको त्यहि सुझबुझसहितको संघर्षका कारण आत्तिएका प्रतिक्रियावादीहरुले हत्या गरेको साहले स्मरण गरे।

‘सहिद यादवले देखाएको बाटो न्याय, समानता र सामाजिक रुपान्तरणको हो। उहाँले देखेको सपना शोषणमुक्त, समतामूलक समाजवादी समाजको स्थापना हो,’ नेता साहले भने, ‘हामी आज सहिदहरुले देखेका सपना साकार पर्ने अभियानमा छौं, तर हाम्रो अभियान आज टुट, फुट तथा गुटहरुमा विभाजन भईरहेको छ। यसले हामीले सोचेको र सहिदले देखेको सपना पुरा हुन्न, सहिदको सपना साकार वनाउन व्यक्तिगत स्वार्थभन्दा माथिउठेर, गुटगत मानसिकताबाट मुक्तहुँदै सहकार्य र एकताको बाटोमा आगाडी बढ्नु पर्छ।’

उनले अहिले पार्टीको सवैतिर आकर्षण बढीरहेको बताए। उनले भने, ‘अहिले हाम्रो पार्टीमा आकर्षण बढीरहको छ, धेरै व्यक्तिहरु पार्टीप्रति आकर्षित भईरहेका छन्, अन्य पार्टीहरुसँग एकताको कुराहरु पनि भईरहेको छ, एकता प्रक्रियाले दशैंपछि गति लिने निश्चित छ।’

उनले पार्टीभित्र, त्यसमा पनि पछिल्ला दिनहरुमा मधेशमा गुटहरुले प्रशय पाएको प्रति चिन्ता व्यक्त गरे।

पार्टीका जिल्ला इन्चार्ज अजय शंकर नायक ‘अभिनास’को अध्यक्षतामा सम्पन्न स्मृति दिवसमा केन्द्रीय सदस्य महेन्द्र पासवानले आफ्ना विचार व्यक्त गरेका थिए।

कार्यक्रममा केन्द्रिय सदस्यहरु सीता पोखरेल, दिलिप साह, हरिनारायण चौधरीलागायतका नेताहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित