निराधार र तथ्यहीन समाचार प्रसारण प्रकाश नगर्न नगरपालिकाको सबैलाई आग्रह 

Picture of हरियो पाटी

हरियो पाटी

571
SHARES
782
VIEWS

सिरहा, साउन २९ – गोलबजार नगरपालिकाले स्टार अनलाइन नामक फेसबुक पेजमा प्रकाशित कोभिड अस्पताल (प्रस्तावित ट्रमा सेन्टर) र मुसहर बस्ती’ सम्बन्धी भिडियाे निराधार र तथ्यहीन भन्दै खण्डन गरेको छ।

नगरपालिकाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा नगर प्रमुख श्याम कुमार श्रेष्ठ र उनका छोरा सुमित श्रेष्ठमाथि लगाइएको भ्रष्टाचारको आरोप वास्तविकतामा आधारित नभएको स्पष्ट गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “LIPW बजेटमा ६० करोड रुपैयाँ भ्रष्टाचार गरेको भनिए पनि आर्थिक वर्ष २०८०/८१ मा १२ करोड ५० लाख र २०८१/८२ मा ७ करोड २१ लाख मात्र प्राप्त भएको हो।”

विज्ञप्ति अनुसार कोभिड अस्पतालको निर्माण कार्य आर्थिक वर्ष २०७६/०७७ मा पूर्व जनप्रतिनिधिको कार्यकालमै सम्पन्न भएको र हाल प्राप्त रकम ४ नं. वडाका वडा अध्यक्ष सकल देव यादवको नेतृत्वमा बनेको उपभोक्ता समितिमार्फत खर्च गरिएको हो।

त्यस्तै, नमूना दलित बस्तीको निर्माण कार्य पनि पूर्व जनप्रतिनिधिको कार्यकालमै सम्पन्न भएको नगरपालिकाले स्पष्ट पारेको छ।

नगरपालिकाले पत्रकारिताको स्वतन्त्रता र जिम्मेवारीप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै, तथ्यहीन समाचार प्रसारण प्रकाश नगर्न सबैलाई आग्रह गरेको छ। नगर प्रवक्ता संजित लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा नगरपालिकालाई नियोजित ढंगले बदनाम गर्ने उद्देश्यले प्रचार गरिएको दाबी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित