कारबाहीमा सात आतङ्ककारी मारिए

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

पाकिस्तानमा पछिल्लो २४ घण्टामा सुरक्षाबलले दुई अलग–अलग क्षेत्रमा गरेको आतङ्ककारीविरोधी कारबाहीमा परी सात आतङ्कवादी मारिएका अधिकारीले बताएका छन् । आतङ्कवाद विरोधी विभाग (सिटिडी)ले आइतबार देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा एक आतङ्कवादी लुकाउने ठाउँमा सुरक्षाबलले छापा मारेको बताएको छ ।

गोलीबारीको क्रममा, छ आतङ्ककारी मारिनुको साथै र अन्य तीन भागेका सिटिडीले जनाएको छ । सीटीडीले आतङ्कवादीको लुक्ने ठाउँबाट हतियार र गोलाबारुद बरामद गरिएको बताएको छ । मारिएका आतङ्ककारीले बलुचिस्तानको राजधानी क्वेटामा संवेदनशील प्रतिष्ठानमा ठूलो आक्रमण गर्ने योजना बनाएका जनाइएको छ ।

यसबाहेक, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लाको जानिखेल क्षेत्रमा आइतवार एउटा खुफियामा आधारित कारबाहीमा एक आतङ्ककारी मारिए थिए । उक्त क्षेत्रका आतङ्ककारी सुरक्षाबलविरुद्ध आतङ्कवादी गतिविधिमा सक्रियरुपमा संलग्न रहेका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित