सिरहा – सशस्त्र प्रहरीका एक जना जवान १५ हजार रूपैयाँ घुससहित पक्राउ परेका छन् ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका-५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान यामबहादुर खत्री उक्त रकमसहित पक्राउ परेका हुन् ।
सीमा पारी भारतबाट भन्सार छली अवैध रूपमा कपडा तथा किराना सामान ल्याउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको अवस्थामा उनी पक्राउ परेका बताइएको छ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले १५ हजार रूपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।


















Discussion about this post