सिरहामा विद्यार्थी कुटपिट प्रकरण : जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता

हरियो पाटी

हरियो पाटी

619
SHARES
848
VIEWS

सिरहा, साउन २५ – सिराहाको नरहा गाउँ पालिका-३, चोहर्वास्थित सिराहा पब्लिक स्कुलका संस्थापक राम प्रकाश यादवविरुद्ध आज जिल्ला प्रहरी कार्यालय सिरहामा औपचारिक जाहेरी दर्ता गरिएको अतिनेशका बुवा रामबृक्ष यादवले हरियाेपाटी लाइ बताए । तर यो विषयमा प्रहरी प्रहरीले कुनै प्रतिक्रिया जनाएको छैन्न ।

गत सोमबार साँझ विद्यालयको होस्टेलमा बसेका ९ कक्षाका विद्यार्थी १४ वर्षीय अतिनेशकुमार यादवलाई साँझको रिङ (खाना खानुअघिको प्रार्थना स्थल) मा समयमा उपस्थित नभएको आरोपमा संस्थापक यादवले लाठी, जुत्ता र मुक्काले निर्घात कुटपिट गरेको परिवारले आरोप लगाएका छन्।

कुटपिटबाट घाँटीमा गम्भीर चोट लागेका विद्यार्थीलाई विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गरिएको छ। उनी सिराहा नगरपालिका–२२, हकपाडाका रामवृक्ष यादवका छोरा हुन्। परिवारका अनुसार विद्यार्थी आइतबार मात्र उक्त विद्यालयमा भर्ना भएका थिए।

विद्यार्थीका पिता रामवृक्ष यादवले शौचालय गएका कारण केही ढिलो भएकोमा संस्थापकले अन्धाधुन्ध प्रहार गरेको दाबी गरेका छन्। लाठी, जुत्ताले हान्दा भुइँमा ढलेपछि पनि जुत्ताले घाँटीमा टेकेर पिटाइ गरे,’ उनले भने। कुटपिटपछि बेहोस भएका छोरालाई संस्थापकले आफन्तलाई जिम्मा लगाएर निजी स्वास्थ्य संस्थामा पुर्याइएको र पछि प्रादेशिक अस्पताल, सिरहा हुँदै विराटनगर लगिएको उनले बताए।

एमआरआई रिपोर्टअनुसार घाँटीको नसामा गम्भीर चोट लागेको चिकित्सकको भनाइ छ। अस्पतालले औषधि दिएर डिस्चार्ज गरे पनि पछि शल्यक्रिया गर्नुपर्ने सम्भावना रहेको पिता यादवले जानकारी दिए।

यसअघि इलाका प्रहरी कार्यालय मिर्चैयाले घटनाबारे प्रारम्भिक अनुसन्धान गरे पनि औपचारिक उजुरी नपरेको जनाएको थियो। तर आज जाहेरी निवेदन दर्ता भएसँगै प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित