एमाले मधेश प्रदेशले मुख्यमन्त्रीलाई खडेरी र खानेपानी समस्याबारे ज्ञापनपत्र बुझायो

हरियो पाटी

हरियो पाटी

533
SHARES
730
VIEWS

सिरहा, साउन १८ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेशका अध्यक्ष चन्द्रेश्वर मण्डलको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न खडेरी र खानेपानी समस्याको तत्काल समाधानका लागि प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

उक्त प्रतिनिधिमण्डलमा उपाध्यक्ष बिचारी यादव, उपसचिव  मोहम्मद कैश लगायत प्रदेश कमिटीका पदाधिकारीहरू सहभागी थिए। उनीहरूले सोमबार मुख्यमन्त्री सतिश कुमार सिंहलाई भेटी प्रदेशमा चरम रुपमा देखिएको पानीको अभाव तथा खडेरी समस्या समाधानका लागि तत्कालीन तथा दीर्घकालीन योजना सञ्चालन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा सिंचाइ सुविधा, खाल्डा पोखरी निर्माण, खानेपानी आपूर्तिका लागि वैकल्पिक माध्यमहरू तथा दीर्घकालीन पूर्वाधार विकासमा विशेष ध्यान दिन आग्रह गरिएको छ। साथै, किसानहरूको बिउ, मल, र सिंचाइ अभावका कारण धान रोपाइमा समस्या परेको विषयमा समेत ध्यानाकर्षण गराइएको छ।

मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलबाट बुझाइएको माग र सुझावहरूलाई गम्भीरतापूर्वक लिँदै आवश्यक तयारी र कार्यान्वयनमा प्रदेश सरकार अग्रसर हुने प्रतिबद्धता जनाएका छन्।

खडेरीका कारण कृषि उत्पादनमा गम्भीर असर पर्न थालेपछि विभिन्न राजनीतिक दलहरू, नागरिक समाज र सरोकारवालाहरूले सरकारलाई तत्काल कदम चाल्न दबाब दिइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित