हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको गाडी दुर्घटना १जनाको मृत्युु १०जना काठमाडौं रेफर

हरियो पाटी

हरियो पाटी

748
SHARES
1k
VIEWS

सिराहा – खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको यात्रुवाहक गाडी सोमबार बिहान दुर्घटनामा परेको छ।दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको प्रहरीले जनाएको हो । गम्भीर घाइते १०जनालाइ थप उपचारको लागि  काठमाडौं रेफर गरेको प्रहरीले जनाएको छ।

  सिराहा, नरहा गाउँ पालिका- वडा नम्बर ५ ३,र २ नम्बर वडाका १७ जना हलेसी दर्शन गरि फर्किँदै गरेको प्र २–०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका-१, बाहुनीडाँडास्थित डौठे खोला नजिक दुर्घटनामा परेको हो।

दुर्घटनामा नरहा गाउँ पालिका ३कि ३६ वर्षय ममता देबि यादवको घटनास्थलमै मृत्यु भएको प्रहरिले जनाएको हो ।
गाडी करिब दुई सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिनुभयो।

प्रहरीका अनुसार  अनियंत्रित दुर्घटनामा परेको हो। घाटको थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित