३४ औं किसान सहिद दिवस तथा ७२ औं भीमदत्त पन्त स्मृति दिवस मनायो

Picture of हरियो पाटी

हरियो पाटी

529
SHARES
725
VIEWS

सिरहा, साउन १७ –३४ औं किसान सहिद दिवस तथा ७२ औं भीमदत्त पन्त स्मृति दिवसको अवसरमा आज सिरहाको नरहा गाउँपालिका-३खोरियामा विशेष कार्यक्रमका साथ दिवस मनाइएको छ।

कार्यक्रममा किसान आन्दोलनका नेता तथा सहिद भीमदत्त पन्तको योगदानलाई सम्झिँदै उहाँको बलिदानी र सपना पुरा गर्न सबै सरोकारवालाहरू एकजुट हुनुपर्नेमा जोड दिइयो।

दिवसको अवसरमा आयोजित सभामा किसान, युवाहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा किसानका मुद्दा, भूमिसुधार, सिँचाइको पहुँच, न्यूनतम समर्थन मूल्य, मलबीउको अभाव, र कृषिमा लगानीबारे छलफल गरियो। वक्ताहरूले आज पनि किसानहरू विभिन्न समस्याले पिल्सिएको उल्लेख गर्दै राज्यले किसानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा नाराबाजी, कविता वाचन, किसान संघर्षका कथा र भीमदत्त पन्तको जीवनवृत्त माथि आधारित प्रस्तुति समेत गरिएको थियो।

दिवस आयोजक समितिका अनुसार आगामी दिनमा किसानका आवाजलाई अझ सशक्त ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित