सिरहामा ८०वर्षय वृद्धको धारिलो हतियार प्रहारगरि हत्या

हरियो पाटी

हरियो पाटी

565
SHARES
774
VIEWS

सिरहा– सिरहाको धनगढीमाई नगरपालिका-११ आमचौकमा मंगलवार राति स्थानीय ८० वर्षीय फनिलाल यादवको धारिलो हतियार प्रहारबाट हत्या भएको छ।
यादवमाथि राति सुतिरहेको अवस्थामा अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेको मृतकका छोरा कपिलदेव यादवले बताए । विहान अबेरसम्म नउठेपछि परिवारजनले बोलाउन गएका बेला उनी गम्भीर घाइते अवस्थामा भेटिएका थिए।
परिवारले तत्काल लहानस्थित प्रादेशिक अस्पताल पुर्याए पनि उपचारका क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानले जनाएका छन ।
घटनाको जानकारी गराउँदा प्रहरी समयमै घटनास्थल नआएको भन्दै स्थानीयले पूर्वपश्चिम राजमार्गमा धनगढी बजारमा टायर बालेर करिब एक घण्टा सडक अवरुद्ध गरेका छन। हत्यारालाई पक्राउ गर प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवाद वा पुरानो रिसिइबीको आशंका गरिएको छ। घटनाका सम्बन्धमा अनुसन्धान तीव्र पारिएको र दोषी पहिचान गरिनासाथ कानुनी कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ। सभार रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित