सिरहा, श्रावण ९ – सिरहाको गोलबजार नगरपालिका–३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षीय श्याम सदा पक्राउ परेका छन्। आफ्नै दाजु ३५ वर्षीय मोतीराम सदा (लेलहा) माथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा फरार रहेका श्यामलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर गोविन्द प्रसाद साहका अनुसार, श्याम सदा बिहीबार राति घरायसी विवादकै क्रममा आफ्नी श्रीमती कौशिल्या देवी सदासँग झगडा भइरहेका बेला झगडा छुट्याउन आएका दाजु मोतीराममाथि खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मोतीरामलाई तत्कालै रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहान लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि जङ्गलतर्फ भागेका श्यामलाई प्रहरीले निरन्तर खोजी गर्दै आएको थियो। अन्ततः शुक्रबार बिहान विशेष सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए।
















Discussion about this post