गोलबजार बाट लागूऔषधसहित एक युवक पक्राउ

हरियो पाटी

हरियो पाटी

763
SHARES
1k
VIEWS

सिरहा, साउन ८: सिरहाकाे गाेलबजार नगरपालिका वडा नम्बर ७, पुरानो चोहर्वाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले साउन ७ गते राति करीब ९:३० बजेकाे समयमा स्थानीय  ३० वर्षीय रबिन मुखियाको घरमा खानतलासी गर्दा लागूऔषध बरामद गरेको हो।

प्रहरीका अनुसार मुखियाले आफ्नो सुत्ने कोठाको खाटमुनी लुकाइ राखेको जुटको बोराभित्र कालो प्लास्टिकको टुक्रामा लुकाइ राखिएको अवस्थामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको हो। उक्त पदार्थको प्लास्टिकसहित तौल १ ग्राम आठसय ५० मिलिग्राम र प्लास्टिक हटाएर तौल गर्दा ८सय मिलिग्राम रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मुखियालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ। मुखियालाइ जिल्ला अदालत सिरहामा पेस गरी ५ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित