कल्याणपुर नगर प्रमुख रामपुकार साह घुससहित पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

563
SHARES
771
VIEWS

सिरहा, असार ३२ सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ परेका छन्। सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइरहेको सूचना प्राप्त भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

अनुसन्धान आयोगका अनुसार साहलाई बुधबार कल्याणपुर नगरपालिका कार्यालय परिसरबाटै सेवाग्राहीसँग नगद घुस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि बर्दिबासस्थित आयोगको कार्यालयमा लगिदै छ।
रामपुकार साह नेकपा (एमाले) बाट निर्वाचित नगरप्रमुख हुन्। गम्भीर प्रश्न उठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित