सिरहामा व्यावसायिक आँप खेती: किसान निरज सिंह र भरत यादवको प्रेरणादायी पहल

हरियो पाटी

हरियो पाटी

553
SHARES
758
VIEWS

सिरहा, गोलबजार । सिरहाको गोलबजार नगरपालिका–३ मुसहर्नियाका किसान भरत यादव र सर्लाहीको लालबन्दीका ३५ वर्षीय निरज सिंहले संयुक्तरूपमा करिब १०० बिघा क्षेत्रफलमा व्यावसायिक आँप खेती सञ्चालन गरी सिरहा जिल्लामै नमुना बन्न सफल भएका छन्। वैदेशिक रोजगारीबाट फर्किएका सिंहले नेपालमै कृषि व्यवसायमार्फत नयाँ सम्भावना खोज्दै गोलबजारमा ठूलो जमिन लिजमा लिएर बगैंचा विकास गरेका हुन्।

दुवै किसानको सहकार्यमा सञ्चालन गरिएको उक्त बगैंचामा विभिन्न जातका आँपका बिरुवा रोपिएका छन्, जसको उत्पादन अहिले काठमाडौं, पोखरा, विराटनगर लगायतका प्रमुख सहरहरूमा पुर्‍याइँदैछ। निरज सिंहले भने, “देशमै केही गर्न सकिन्छ भन्ने सोचले व्यावसायिक खेतीमा लागेँ। आज हाम्रो उत्पादनले राष्ट्रिय बजारमा राम्रो ख्याति कमाइरहेको छ।”

कृषिमा लामो समयदेखि सक्रिय रहँदै आएका स्थानीय किसान भरत यादवले निरजसँगको सहकार्यले खेतीलाई अझ व्यवस्थित र व्यवसायिक बनाउन सहयोग पुगेको बताए। “पहिले व्यक्तिगत रूपमा काम गर्दै थिएँ, अब योजनाबद्ध तरिकाले काम गर्दा परिणाम उत्साहजनक देखिएको छ,” यादवले बताए।

बगैंचाबाट उत्पादित आँपले मात्र होइन, सिजन र अफ सिजनमा गरिने तरकारी खेतीबाट पनि दुवै किसानले मासिक लाखौं रुपैयाँ आम्दानी गरिरहेका छन्। कृषि उत्पादनसँगै दुबैको पहलले स्थानीय बासिन्दाका लागि रोजगारीको अवसरसमेत सिर्जना गरेको छ। हाल बगैंचामा करिब १५ जना मुसहर समुदायका महिला तथा पुरुषहरू खेती, टिपाइ, प्याकिङ र ढुवानीको कार्यमा संलग्न छन्।

यो सफल कृषि मोडेलले देखाएको छ कि वैदेशिक अनुभव र स्थानीय स्रोतको संयोजनले देशमै स्वावलम्बी बन्न सकिन्छ। निरज सिंह र भरत यादवको यो पहल अन्य किसानका लागि प्रेरणाको स्रोत बन्न थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित