कांग्रेसमा ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरूद्ध उजुरी

हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

नेपाली कांग्रेसभित्र ११ जना केन्द्रीय सदस्यसहित २१ सय जनाविरूद्ध अनुशासनको कारबाही माग गर्दै उजुरी परेको छ।पार्टीको अनुशासन समितिमा उक्त उजुरी आएका हुन्।

यसबारे आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले समितिमा २१ सय वटा उजुरी प्राप्त भएको बताए।‘अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको छ, ती उजुरीउपर छानबिन भइरहेको छ,’ उनले भने।

संयोजक ढुंगानाका अनुसार ११ जना केन्द्रीय सदस्य, एक जना प्रदेश सभापति, ७ जिल्ला सभापतिसहित नेता, कार्यकर्तामाथि अनुशासनको उजुरी प्राप्त भएको छ।उनले क-कसमाथि उजुरी आएको भन्ने विवरण चाहिँ खुलाएका थिएनन्।

कांग्रेसभित्र पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेकोलगायत विषयमा अनुशासनको उजुरी आउने गर्छ। यस्ता उजुरी समयमै छिनोफानो नहुँदा क्रियाशील सदस्यता नवीकरणलगायत काम प्रभावितसमेत बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित